Logo

आज कतिमा हुँदैछ सुनचाँदी किनबेच?



काठमाडौं, भदौ २७ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा एक सय रूपैयाँले घटेर १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको १ लाख ५३ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १५ रूपैयाँले बढेर १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्