Logo

उपसभामुख हटाएलगत्तै संसद्मा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी



काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३१ गते सोमबारको प्रतिनिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई पदबाट बर्खास्त गर्ने तयारी गरेको अवस्थामा अहिले प्रतिनिधिसभाको बैठक भदौ ३० गते बस्नेगरि स्थगित गरिएको छ ।

यही बीचमा राजनीतिक कदम चाल्ने प्रधानमन्त्री ओलीको तयारी छ । उपसभामुख रानालाई बर्खास्त गरेलगत्तै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तयारी गरेका छन् । उनले अमेरिका जानुअघि बोल्ने भनिएको छ । तर, उपसभामुख हटाएपछिको राजनीतिक परिस्थितिबारे प्रष्ट्याउनको लागि सदनमा बोल्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्