Logo

ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी चलेपछि छलफलमा मिसिए देउवा



काठमाडौं, भदौ २७ । । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले जारी शीर्ष नेताबीचको भेटवार्तामा संवैधानिक परिषद्‌को बैठक लगायत समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीको आशन्न संयुक्त राष्ट्रसंघमा सहभागी हुने विषय लगायतबारे छलफल भइरहेको छ ।

सुरुमा ओली र प्रचण्डबीच कुराकानी भइरहेको थियो । ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी चलेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि छलफलमा मिसिएका हुन्।

सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् ।सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।

यस्तै, प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्