Logo

सी–चेक मर्मतपछि नेपाल आईपुग्यो वाईडबडी ‘अन्नपूर्ण’, व्यवसायिक उडान सुरू



काठमाडौं, २७ भदौ । सी–चेक मर्मतपछि नेपाल एयरलाइन्सको वाइडबडी विमान नाईन एन एएलवाई काठमाडौं फर्किएको छ । नेपाल वायुसेवा निगमले फेशबुकमार्फत जारी गरेको सूचनामा जहाजले अब व्यवसायिक उडान भर्न सुरु गर्नेछ ।

निगमले जारी गरेको सूचनामा भनिएको छ–

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज 9N-ALY (अन्नपूर्ण)को नियमित सि चेकको मर्मतपश्चात् European Aviation Safety Agency (EASA)र Federal Aviation Administration (FAA) बाट मान्यताप्राप्त युरोपेली मुलुक इटलीको Maintenances and Overhaul Organization-MRO कम्पनी Attitech ले अन्तर्राष्ट्रिय विधिसम्मत् प्रक्रिया पूरा गरि सि चेकको मर्मतसम्भार कार्य गरी Certificate of Release to Service (CRS) प्रदान गरेको छ । र, उक्त जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । उक्त MRO बाट CRS प्राप्त भएपश्चात् नेपालको नियामक निकाय नेपाल नागरिक उड्ययनप्राधिकरणले आवश्यक अनुमतिको लागि विधिसम्मत् प्रक्रियाहरु पूरा गरि अनुमति दिएपश्चा्त १२ सेप्टेम्बर, २०२४ तारिख विहान ८ः३६ बजे काठमाडौंमा अवतरण गरेको छ । योसँगै लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा ३ वटा जहाजहरुले उडान भरी यात्रुहरुलाई थप सेवा दिने विश्वास गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्