Logo

अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रस्तावित राजदूत रेग्मीको भनाई



काठमाडौं, २७ भदौ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने बताएका छन् । उनले आफू सो देशको राजदूतमा नियुक्त भए अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रतिबद्धता जनाए । आज भएको संसदीय सुनुवाई समितिमा उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले नेपालका प्रधानमन्त्रीलाई अमेरिकाको भ्रमणको क्रममा त्यहाँको संसद्मा सम्बोधन गर्ने वातावरण बनाउनेपनि योजना सुनाए । उनले नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबिच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय विश्वास दिलाएका छन् । रेग्मी नेपाल सरकारको पूर्व मुख्यसचिव हुन् । तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्