Logo

खेलाडीहरु विदेश पलायन भएपछि यो क्षेत्रमा समस्या देखियो : मन्त्री चौधरी



काठमाडौं, २७ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरू विदेश पलायन भएपछि खेलकुद क्षेत्रमा समस्या देखिएको बताएका छन् । उनले खेलाडीहरुको आर्थिक भविष्यको पनि सुनिश्चित्ता गरिनुपर्नेमा जोड दिए ।

आज (बिहीबार) बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय खेलाडीहरुको भविष्यको सुनिश्चित् गरिनुपर्नेमा जोड दिए । सो क्रममा उनले अहिले राष्ट्रिय खेलकुद नीति प्रतिस्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने काममा लागेको जानकारी दिए ।

मन्त्री चौधरीले सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुद प्रतियोगिताको तयारीको बारेमा पनि जानकारी गराएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्