Logo

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन



काठमाडौं, २७ भदौ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ। भारतीय अखबार अनलाईन इण्डिन एक्सप्रेसका अनुसार यचुरीको आज निधनको क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो ।

उनी अस्वस्थ भएपछि एम्स अस्पतालको आइसियूमा भर्ना भएका थिए । उनले विद्यार्थी कालबाट नै राजनीति सुरु गरेका थिए । उनी भारतमा इमर्जेन्सी लागु गर्दा पटक पटक पक्राउसमेत परेका थिए ।

नेपाल-भारत सम्बन्धका जानकारसमेत रहेका यचुरी बेलाबखत नेपाल आवातजावत गर्ने नेताहरुमध्येमा पर्छन् । उनी नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुका महाधिवेशनको क्रममा अतिथिको रुपमा नेपाल आउने गरेका थिए ।

Photo Source: IndianExpress



प्रतिक्रिया दिनुहोस्