Logo

ऋषि धमलासँगको अन्तर्वार्तामा कालापानीबारे बोलेको विषयमा पार्टीले मेटमणिलाई सोध्यो स्पष्टीकरण



काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे बोलेको विषयमा पार्टीले स्पष्टीकरण सोधेको हो ।

पार्टीका महासचिव घनश्याम भुसालले तीन दिनभित्र मुुलुकको अखण्डताविरुद्ध किन बोलेको भनेर जवाफ दिन भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्