Logo

२३६ असई र ६४ जना इन्स्पेक्टरका लागि आवेदन माग (विज्ञापनसहित)



काठमाडौं, भदौ २८ । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा अधिकृत स्तर र सहायक स्तरमा भर्नाका लागि आवेदन मागेको हो ।

सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ । प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ ।



प्रतिक्रिया दिनुहोस्