Logo

साहुखर्क र रडुवामा भिषण पहिरो, सुदूरपश्चिमको तराई पहाड जोड्ने राजमार्ग अवरुद्ध



काठमाडौं, भदौ २८ । अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ । बिहीबार राति खसेको पहिरोले गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

साहुखर्कमा बिहीबार साँझदेखि नै पहिरो खसिरहेको थियो । डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए । तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन् । यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवा खोलामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ ।



प्रतिक्रिया दिनुहोस्