Logo

तीन मन्त्री र एक राज्यमन्त्रीसहित कोशी प्रदेश सरकारमा सहभागी हुँदै कांग्रेस, शपथ आजै



काठमाडौं, भदौ २८ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन मन्त्री र एक राज्यमन्त्रीले अहिले ९ बजे शपथ लिने तयारी गरेका छन् । भुपेन्द्र राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व संहाल्नेछन् ।

त्यस्तै, खगेनसिंह हाङ्गा उद्योग कृषि तथा सहाकारी, सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री र भूमि राजवंशीले भौतिक पूर्वाधार राज्यमन्त्रीको सपथ लिदैछन् । प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेसका चारजनालाई समेटेर प्रदेश सरकार विस्तार गर्न लागेका छन् ।

कांग्रेसका पूर्वप्रमुख सचेतक समेत रहेका भुपेन्द्र राई र भूमी राजवंशी कृष्णप्रसाद सिटौला निकट हुन् । त्यस्तै, खगेनसिह हाङ्गाम शेरबहादुर देउवानिकट हुन भने सदानन्द मण्डल संस्थापनभित्रका ज्ञानेन्द्र कार्की निकट हुन् ।

गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी हुन ढिलाइ भएको थियो । कोइराला समूहबाट भने तत्काल सरकारमा सहभागी नहुने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्