Logo

बागलुङ दुर्घटना अपडेटः मृतक तीन मध्ये दुईजनाको सनाखन हुन बाँकी



काठमाडौं, भदौ २८ । बागलुङको भुङ्खानीमा भएको जिप दुर्घटनामा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरको मृत्यु भएको छ।

गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा आज बिहान गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेको गाडी दुर्घटना पुथा उत्तरगंगा गाउँपालिकाका रहेको र गाडीमा गाउँपालिकाका जनप्रतिनिधि सवार रहेको प्रहरीले बताएको छ।

जसमा गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया बुढाको मृत्यु भएको छ भने अन्य दुईजनाको सनाखन हुन बाँकी रहेको छ। लोकमार्गमा रा.१.झ.२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खसेको छ ।



प्रतिक्रिया दिनुहोस्