Logo

कर्णालीमा पानीको बहाव सतर्कता तहभन्दा माथि



काठमाडौं, भदौ २८ । कर्णाली नदीमा पानीको बहाव सतर्कता तहभन्दा माथि आएको छ । अहिलेसम्म पानीको बहाव १०.४० मिटर पुगेको छ । चिसापानीस्थित जल मापन केन्द्रमा कर्णाली नदीमा पानीको बहाव १० मिटरसम्म सतर्कता तह मानिन्छ । १०.८० मिटर पुगेमा खतरा मानिन्छ ।

पानीको बहाव बढेपछि कैलाली र बर्दिया जिल्लाका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजग गराइएको छ । उनीहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

यसै गरी, कैलालीमा बग्ने मोहनासहित यसका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रा, कटैनी, घुरहा, खुटियामा पनि पानीको बहाव बढ्दो क्रममा रहेको छ । हिजोदेखि भइरहेको अविरल वर्षाका कारण सबै नदीनालामा पानीको बहाव बढेको छ । कतिपय ठाउँमा मान्छेको घरमा पानी पसिसकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्