Logo

यचुरीको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त 



काठमाडौं, भदौ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत समवेदना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यचुरी लोकतान्त्रिक आन्दोलनका अटल समर्थक रहेको र उनको बुद्धिमत्ता, नम्रता र जनताप्रतिको अटल समर्थनलाई कहिल्यै पनि भुल्न नसकिने बताएका छन् । महासचिव चुचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा निधन भएको थियो ।

महासचिव चुरीलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो। उनको श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण देखिएको थियो। सन् १९५२, अगष्‍ट १२ मा चेन्नाइमा जन्मिएका थिए। उनी सन् २०१५ देखि कम्युनिष्ट पार्टीको महासचिव रहेका थिए। यचुरी भारतको राज्य सभामा १२ वर्षसम्म अर्थात् सन् २००५ देखि २०१७ सम्म सांसदको रूपमा कार्यरत रहेका थिए ।

उनी बेलाबेलामा नेपाल आइराख्ने नेताहरूमध्ये पर्छन्। २०६२र०६३ को जनआन्दोलनपछिको राजनीतिक संक्रमणकाल र संविधान जारीपछिको भारतीय नाकाबन्दी यी दुई कालखण्डको इतिहासमा नेपालमा सबैभन्दा बढ्ता सम्झिने पात्रमा यचुरी पर्छन् । उनले नेपालका राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धका सवालमा पटक–पटक नेपाल आवतजावत र नेपाली नेताहरूसँग परामर्श गरेका थिए। उनले भारतमा रहेर तत्कालीन संस्थापन पक्षले लगाएको नाकाबन्दीको त्यहीँ बसेर कडा प्रतिवाद गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्