Logo

जनयुद्धलाई हिंसा भनेका योगेशमाथि खनिए अमरेश कुमार सिंह, डबल-स्टाण्डर्ड राजनीति नगर्न चेतावनी



काठमाडौं, २८ भदौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले एमाले नेता तथा सांसद योगेश भट्टराईले डबल स्टाण्डर्डको राजनीति गरेको आरोप लगाएका छन् । मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले योगेशले जनयुद्धलाई हिंसा भनेकोमा आलोचना गरेका हुन् ।

उनले माओवादीसँग मिल्दा त्यही जनयुद्ध महान भएको तर अहिले नमिल्दा हिंसा भनिएको भन्दै यस्तो डबल स्टाण्डर्ड राजनीति नगर्न सुझाव दिए । उनले भनेका छन्,‘योगेश भट्टराईसँग मेरो प्रश्न छ कि–एमाले र माओवादीको सरकार बन्दापनि यो कुरा बोल्नुपर्दथ्यो नि । मिल्दाखेरि जे पनि मिठो अनि नमिल्दाखेरि जे पनि तितो ।’

योगेश भट्टराईले जनयुद्ध दिवस मनाएको भिडिओ नै आफूले हेरेको भन्दै सिंहले डबल स्टाण्डर्डको राजनीति अब नचल्ने दाबी गरे । उनले आफूले कहिल्यैपनि डबल स्टाण्डर्डको राजनीति नगर्ने स्पष्ट पारे । तर, योगेशहरुको राजनीतिको केन्द्रविन्दुमा भने सत्ता र पार्टी भएको सुनाए । तर, आफ्नो केन्द्रविन्दुमा भने सधैं नेपाल र नेपाली जनतामात्रै रहेको स्पष्ट पारे । file photo

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्