Logo

माओवादी संसदीय दलको बैठक सुरू



काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरू भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा समिक्षा हुने जनाईएको छ ।

साथै, प्रतिनिधिसभा बैठकमा निरन्तर माओवादी जनयुद्धलाई हिंसा भनेर होच्याउने काम गरेको भन्दै अब सशक्त प्रतिवाद गरिनेगरि तयारी थालिएको एक सांसदले जानकारी दिए ।

सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाएर हटाउने तयारी गरेकोमा माओवादीको अब्जेक्शन छ । माओवादीले उपसभामुखको पक्षमा दृढ उभिने भनिसकेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्