Logo

आइतबार गगन र स्वर्णिमको भेट हुने



काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेबीच लामो समयपछि भेटवार्ता हुने भएको छ । यी दुई नेता कुनै समय मिलनसार साथी थिए । तर, वाग्लेले कांग्रेस परित्याग गरी रवि लामिछाने नेतृत्वको रास्वपा रोजेपछि र त्यस यताका दिनहरु तिक्तापूर्ण छन् ।

यी दुई नेताबीच पानी बाराबारको सम्बन्ध छ भनिन्छ । तर, लामो समयपछि यी दुई नेताबीच भेटवार्ता हुँदैछ । भेटवार्ताको वातावरण भने पत्रकार तथा लेखक सुधीर शर्माले मिलाउन लागेका छन् । शर्माका पछिल्ला दुई कृति ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ र ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत’ पुस्तकको विमोचनमा यी दुई नेता एक ठाउँ हुन लागेका छन् ।

विनीता नेपालीले सहजीकरण गर्ने विमोचन र विमर्शमा दुवै नेता गगन र स्वर्णिम वक्ताको रुपमा छन् । यही भदौ ३० गते आइतबार अपरान्ह २ बजे याक एण्ड यति होटेलमा पुस्तक विमोचन समारोह राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्