Logo

भदौ ३० गतेको संसद् बैठक चल्न नदिने माओवादी केन्द्रको निर्णय



काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा बसेको बैठकमा सदनको अवरोध कायम राख्ने निर्णय भएको मुख्यच सचेतक हितराज पाण्डेले जानकारी दिए ।

एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेपछि उत्पन्न भएको परिस्थिति संसद् अवरोधसम्म पुगेको छ । सभामुख देवराज घिमिरेले योगेशले अभिव्यक्त गरेको हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले सदनमा अवरोध गरेको थियो ।

माओवादीको अवरोधपछि सभामुखले चार दिन बैठक स्थगित गरिदिएका छन् । अब अर्को बैठक यही भदौ ३० गते बस्ने तय भएको छ । तर, माओवादीले उक्त बैठक चल्न नदिने निर्णय गरिसकेको छ । file photo



प्रतिक्रिया दिनुहोस्