Logo

अष्ट्रेलियाकी राजदूत लियन जोन्स्टनले राष्‍ट्रपति पौडेलसमक्ष बुझाईन् ओहोदाको प्रमाणपत्र



काठमाडौं, २८ भदौ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन एलिजावेथ जोन्स्टनले राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी छिन्। राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत जोन्स्टनले हिजो (बिहीबार) ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् ।

उक्त समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूत जोन्स्टनलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।



प्रतिक्रिया दिनुहोस्