Logo

बालबालिका माथि हुने हिंसा तथा दुर्व्यवहार रोक्नु सरकारको दायित्व : राष्ट्रपति पौडेल



काठमाडौं, भदौ २९ । राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सम्पूर्ण सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकिकृत र समन्वयात्मक भूमिका पनि बालबालिकाको पक्षमा काम गर्न उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।

अझै पनि केही बालबालिकाहरू आफ्नो बालअधिकारबाट बञ्चित भएको कुरा सुन्नमा आएको कुरा उल्लेख गर्दै विभिन्न कारणहरूले बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी रहेको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेका छन् ।

बालबालिका माथि हुने हिंसा तथा दुर्व्यवहार रोक्नु सरकारको दायित्व रहेको बताउँदै उनले बालबालिकाको संरक्षण र विकासमा आआफ्नो तर्फबाट भूमिका निभाउन सबैमा आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्