Logo

सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते परिमार्जित बजेट ल्याउँदै



काठमाडौं, भदौ २९। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारले भदौ ३१ गते पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउने बताएका छन् ।

आज धनगढी आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यही भदौ ३१ गते बजेट ल्याउने तयारी भइरहेको जानकारी गराए । अहिले अर्थ मन्त्रालय बजेट निर्माणमा लागिरहेको उल्लेख गर्दै उनले बजेटको आकारमा सामान्य हेरफेर हुने बताए।

मुख्यमन्त्री शाहले जनताको आशा र अपेक्षालाई सम्बोधन हुने गरि बजेट केन्द्रित रहने बताउदै विकासका सवालमा संस्थागत सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । उनले साझा अधिकार कार्यान्वयनमा भएको ढिलाइले चुनौती देखिएको बताए ।

तत्कालीन सरकारले असार १ गते ल्याएको साढे ३१ अर्ब बराबरको बजेट पारित नहुँदा सरकारले परिमार्जन बजेट ल्याउने तयारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्