Logo

संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको प्रधानमन्त्री ओलीको दाबी, राजतन्त्रको पक्षमा मान्छे बेसरम उफ्रिएको टिप्पणी



काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानको विरुद्धमा ठूलो शक्ति लागेको टिप्पणी गरेका छन् । स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘अहिले सामन्ति, शिरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन । राजतन्त्र हुँदा पनि केही पञ्चहरु भेला हुन्थ्यो अनि कराउँथे। अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन् ।’ सो अवसरमा उनले नेपालमा शान्ति प्रक्रियालाई सुव्यस्थित् हुन नदिने षड्यन्त्र गरिएको भन्दै कडा आलोचना गरे ।



प्रतिक्रिया दिनुहोस्