Logo

प्रचण्ड फेरि पूर्व हानिए, दुई दिन उतै व्यस्त



काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कार्यक्रमको लागि कोशी प्रदेश पुगेका छन् । उनी अहिले विराटनगर विमानस्थलमा ओर्लिएका छन्। आज र भोलि झापा, मोरङ र सुनसरीको कार्यक्रममा व्यस्त रहने उनको कार्यतालिका सार्वजनिक भएको छ ।

भर्खरै उदयपुर, सप्तरी, सिरहा, महोत्तरीलगायतका जिल्लामा कार्यक्रम सकाएर काठमाडौं फर्किएका दाहाल फेरि पूर्व हानिएका छन् । उनी यतिवेला देश दौडाहमा व्यस्त छन् । यता, भोलि भदौ ३० गते प्रतिनिधिसभाको बैठक बोलाईएको छ । भोलिको बैठकमा कडा रुपमा प्रस्तुत हुन आफ्नो सांसदहरुलाई प्रचण्डको निर्देशन छ ।

जनयुद्धलाई हिंसा भनेर एमाले सांसद योगेश भट्टराईले बोलेपछि र सभामुख देवराज घिमिरेले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने भनेर रुलिङ गरेपछि संसद्मा मुठभेडको सिर्जना भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्