Logo

पीडित बालिकाहरुले प्रधानमन्त्री ओलीको कारण न्याय नपाएर मर्नुपरेको बालेनको आरोप



काठमाडौं, २९ भदौ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पीडित बालिकाहरुले न्याय नपाएर मर्नुपरेको आरोप लगाएका छन् । त्यहीकारण आफूले आज बाल दिवसको शुभकामना दिन नसकेको पनि उनको भनाई छ ।

शाहले सो शुभकामना स्वयम प्रधानमन्त्री ओलीलाई टक्र्याएको उल्लेख गर्दै ग्रहण गर्न भनेका छन् । उनले फेशबुक पेजमा लेखेका छन्-

पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।



प्रतिक्रिया दिनुहोस्