Logo

संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौं, भदौ ३० । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । विशेष कारण देखाएर अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिको सचिवालयले जनाएको छ ।

बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।

गत साउन १४ गते सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। तर, अष्ट्रेलियाका लागि सिफारिस भएकी राजदूत कान्ता रिजालको नाम फिर्ता लिएर सरकारले १७ देशका राजदूतको सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो।

समितिले विभिन्न मितिमा गरेर उनीहरुको सुनुवाइ सकेको छ। अब समितिले उनीहरुको नाम अनुमोदन गरेर नियुक्तिका लागि सिफारिस गर्नेछ।



प्रतिक्रिया दिनुहोस्