Logo

सुनको मूल्य बढेको बढ्यै, तोलाको मूल्य १ लाख ५६ हजारमाथि



काठमाडौं, भदौ३०। घरेलु बजारमा पहेंलो धातु सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्