Logo

सिंगो जिल्ला कमिटी एमालेमा समाहित भएपछि एकीकृत समाजवादीले गौतमलाई बनायो बागलुङको नयाँ अध्यक्ष



काठमाडौं । नेकपा एकीकृत समाजवादी बागलुङको अध्यक्षमा पिङ्गलराज गौतम चयन भएका छन् । जिल्ला अध्यक्ष लालबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेपछि यसअघि गौतमलाई केन्द्रीय कार्यसमितिले संयोजक तोकेको थियो ।

शनिवार बसेको नवौँ जिल्ला कमिटीको पूर्ण बैठकले पार्टीको हितविपरीत लाग्ने जिल्ला अध्यक्षसहित सातजनालाई कारबाही गर्दै गौतमलाई जिल्ला अध्यक्षमा चयन गरेको हो । केन्द्रीय महासचिव घनश्याम भुसालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो ।

जिल्ला कमिटी बैठकले पदाधिकारीमासमेत हेरफेर गरेको छ । जिल्ला कमिटीको उपाध्यक्षमा बेदप्रसाद शर्मा, सचिवमा शालिकराम शर्मा, उपसचिवमा चक्रबहादुर थापा र हरिबहादुर घर्तीमगरलाई चयन गरेको छ । बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै पूर्वअध्यक्ष थापा, सचिव भरत पुरीसहित सात जनालाई कारबाही गरेको छ ।

गत भदौं १३ गते केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापा र पदाधिकारी सहित सिंगो जिल्ला समिति नेकपा एमालेमा समाहित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्