Logo

घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य



काठमाडौं, भदौ ३१ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्