Logo

कन्स्टिलेसन बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ निर्वाचित



काठमाडौं, भदौ ३१ । कन्स्टिलेसन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित भएका छन । उनी शनिबार समपन्न संस्थाको १५ औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनले आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउन सहयोग गर्ने अग्रज, अनुज र शेयरधनीहरूलाई कृतज्ञता व्यक्त गर्दै संस्थालाई थप उचाईमा पुर्‍याउन मन, वचन र कर्मले निरन्तर क्रियाशिल रहने प्रतिवद्धता जनाएका छन ।

उनले विगतमा जस्तै जस्तोसुकै अवस्थामा पनि यो संस्थालाई सेवामूलक, अनुशासित र सफल संस्थाको रूपमा अगाडि बढाउन सबैबाट रचनात्मक सल्लाह सुझाव र सक्रिय सहभागिताको अपेक्षा गर्दै आफ्नो कार्यकाल पारदर्शिता, जवाफदेहिता, मितव्ययिता लगायतका संस्थागत सुशासनमा प्रतिवद्ध रहने जनाएका छन ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले सहकारी प्रति नेपाली जनताको नकारात्मक धारणा बन्दै गएको विषम् परिस्थितिमा समेत संस्थाले यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताएका छन् । विभिन्न फरक पेशा तथा व्यवसाय गर्दै आएका व्यक्तिलाई संस्थामा जोडेर उनीहरूको व्यवसाय प्रवर्द्धन गर्ने संस्थाको उद्देश्यले आफ्नो कार्यकालमा पनि निरन्तरता पाउँने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्