Logo

रवि लामिछाने निर्दोष नरहेको विशेष समितिको ठहर, आज संसदमा प्रतिवेदन बुझाउँदै



काठमाडौं, भदौ ३१ । सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज संसदमा प्रतिवेदन बुझाउँदै छ।

समितिले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउन लागेको हो । समितिका सभापति सूर्यबहादुर थापा क्षत्रीले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहितलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो । गएराति अबेरसम्म बसेको समितिको बैठकले लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष निकालेको हो । समितिमा आएका सबै प्रमाणले लामिछाने निर्दोष नदेखिएको समितिको ठहर छ । तयारी पारिएको प्रतिवेदनमा हस्ताक्षर गर्न ७ सदस्यीय समितिको बैठक अहिले बिहान ११ बजे बस्दैछ।



प्रतिक्रिया दिनुहोस्