Logo

भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, ओरालियो सबै यात्रु



काठमाडौं, भदौ ३१ । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुहरुलाई ओरालिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बुद्ध एयरको नाइन एन–एआईटी जहाजमा प्राविधिक समस्या देखिएपछि ‘ट्याक्सी वे’ मा पुगेको जहाजबाट यात्रु ओरालिएको बताए । जहाज बिहान साढे ७ बजे उड्ने तालिका थियो। जहाज केही ढिला गरी बिहान ७स्५० बजे उडानका लागि पार्किङस्थलबाट धावनमार्गतर्फ लागेको थियो।

प्राविधिक समस्या देखिएपछि ‘ट्याक्सी वे’ मा ओरालिएका यात्रुहरूलाई बुद्धकै अर्को जहाजमा पठाउन लागिएको प्रवक्ता शेर्पाले जानकारी दिए। उक्त जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्