Logo

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं, भदौ ३१ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो सवा १ बजे बस्ने आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभामा भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभामा भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८४ को उपनियम ९३० बमोजिम माननीय सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ।



प्रतिक्रिया दिनुहोस्