Logo

सुदूरपश्चिम प्रदेश सरकारले आज पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउँदै



काठमाडौं, भदौ २९। सुदूरपश्चिम प्रदेश सरकारले आज पुनरावलोकन सहित परिमार्जन बजेट ल्याउदैछ। तत्कालीन सरकारले असार १ गते ल्याएको बजेट पारित नहुँदा सरकारले परिमार्जन बजेट ल्याउन लागेको हो ।

यसअघि दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते चालु आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सभामा  ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट बजेट पेस गरेको थियो ।

तर उक्त बजेट पारित हुन नसक्दा अब ल्याउने बजेट सरकारले घटाएर ल्याउने भएको छ । चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पास नहुँदा साउन १ गतेदेखि प्रदेश सरकार बजेट शून्यतामा गएको छ ।

साउन २१ गते नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नेतृत्वको सरकार गठन भएपछि साउन २३ गते सामयिक राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ जारी गरेर राजश्व संकलन गर्ने बाटो खुलाएको छ । तर विनियोजन सम्बन्धी कानुन नभएकाले सरकारले हालसम्म कुनै पनि खर्च गर्न नपाउने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्