Logo

आईपीओ निष्कासनको तयारीमा ह्याम्स हस्पिटल, साधारण सभा आव्हान



काठमाडौं, भदौ ३१ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स) ले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।सभा आगामी असोज २३ गते कम्पनीको कार्यालय, बुढानिलकण्ठ नगरपालिका- ९ मा दिउँसो २ बजेदेखि शुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । तर कम्पनीले प्रतिशत लाभांश प्रस्ताव कति हो भन्ने सूचनामा खुलाएको छैन ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलातको विवरण पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।हाल कम्पनीले नेपाल धितोपत्र बोर्डमा ११ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ ।



प्रतिक्रिया दिनुहोस्