Logo

परराष्ट्रमन्त्री राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता



अमेरिका, असोज १५। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका आउनुभएकी परराष्ट्रमन्त्री डा राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो ।



प्रतिक्रिया दिनुहोस्