Logo

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न अदालतको आदेश



काठमाडौं, १५ असोज । अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई धरौटीमा छाड्न भनेको हो ।

उनलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । प्रसाईं साइबर अपराधको आरोपमा हिरासतमा थिए । अदालतको यो आदेशसँगै प्रसाईं आजै धरौटी बुझाएर रिहा हुने भएका हुन् ।

प्रसाईँका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दुई वटा मुद्दामा ५०/५० हजार धरौटीमा छाड्ने आदेश भएको बताए ।

‘उहाँविरुद्ध दुई वटा मुद्दा लगाइएको रहेछ । ५०/५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । केही बेरमा धरौटी बुझाएर उहाँ आजै रिहा हुनुहुन्छ,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दौ वरिष्ठ अधिवक्ता भण्डारीले भने । file photo



प्रतिक्रिया दिनुहोस्