Logo

कर्णाली प्रदेशसभा अधिवेशन आज अन्त्य हुँदै



कर्णाली, १६ असोज । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन बुधबार राति १२ः०० बजे लागू हुनेगरी प्रदेश प्रमुख यज्ञराज जोशीले अधिवेशन अन्त्य गरेको जानकारी दिइन । सभामुख गुरुङले चालु अधिवेशनमा आजसम्म ३३ बैठक बसी ४६ घण्टा १५ मिनेट व्यतित गरेको बताइन्।

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्।



प्रतिक्रिया दिनुहोस्