Logo

प्रथम राष्ट्रपति यादव र कांग्रेस पूर्व महामन्त्री शशांक दिल्लीमा सँगै



काठमाडौं, १६ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादव यतिवेला नयाँ दिल्लीमा छन् । उनीसँगै नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालापनि दिल्लीमा छन् । उनीहरु दिल्लीस्थित् नेपाली दूतावासमा सँगै देखिएका छन् ।

उनीहरु व्यक्तिगत कामको सिलसिलामा नयाँ दिल्लीमा रहेको जनाईएको छ । पूर्व राष्ट्रपति यादव र नेता कोइरालाबीच घनिष्ठ सम्बन्ध छ ।

उनीहरुले दिल्ली बसाईको क्रममा केही महत्वपूर्ण राजनीतिक भेटवार्तासमेत गर्ने बुझिएको छ । यादव भने केही महत्वपूर्ण कार्यक्रममा सहभागी हुन र उपचारको लागि भारत आउजाउ गर्ने गरिरहन्छन् ।



प्रतिक्रिया दिनुहोस्