Logo

अष्ट्रेलियाबाट नेपालको जलस्रोत विकासमा लगानीको सम्भावना छ : प्रस्तावित राजदूत यादव



काठमाडौं, १६ असोज । अष्ट्रेलियाको लागि नेपाली राजदूतमा सिफारिस चित्रलेखा यादवले नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउने योजना सुनाएकी छिन् ।

संसदीय सुनुवाइ समितिमा आज (बुधबार) आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा यस्तो बताएकी हुन् । उनको कार्ययोजनामा भनिएको छ–‘नेपालमा प्रचुर मात्रामा जलस्रोत विकास गर्ने अवसर भएको तथा हालका वर्षहरुमा यस क्षेत्रमा भैरहेको नीतिगत सुधारले गर्दा अष्ट्रेलियाबाट नेपालको जलस्रोतको विकासमा लगानी बढाउन सम्भावना रहन्छ ।

यसतर्फ पनि प्रयत्नशील रहनेछु ।’ उनले अष्ट्रेलियासँग शैक्षिक तथा सांस्कृति सम्बन्ध पनि सुधार गर्ने प्रतिबता व्यक्त गरिन् । उनले अब अष्ट्रेलियामा छात्रावृत्तिमा जाने विद्यार्थीहरुको संख्या वृद्धि गर्न पहल गर्ने पनि विश्वास दिलाएकी छिन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्