Logo

कांग्रेस र एमालेका अहिलेका मन्त्रीहरु असक्षम देखिए : डा. सुनिल शर्मा (भिडिओसहित)



काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. सुनिल शर्माले वर्तमान सरकारको प्रस्तुति ठीक नभएको भन्दै आलोचना गरेका छन् । उनले अहिले देशमा कालोबजारी र मूल्यवृद्धि बढेको भन्दै सरकारको पर्फर्मेन्स नदेखिएको भन्दै आलोचना गरेका हुन् ।

आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिले प्राकृकित विपत्तिको सवालमा समेत सरकारले नागरिकलाई राहत तथा उद्धारमा सकारात्मक भूमिका नखेलेको भन्दै आलोचना गरे ।

उनले यसको दोष सरकारको नेतृत्वमा रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने र सरकारको महत्वपूर्ण हिस्सेदार भएकोले नेपाली कांग्रेसले पनि लिनुपर्ने बताए । उनले अहिले सरकारमा भएका कांग्रेस र एमालेका सबै मन्त्रीहरु असक्षम देखिएको आरोप लगाए ।

उनले अहिलेका मन्त्रीहरुले जनताप्रति उत्तरदायी नदेखिएको भन्दै आलोचना गरे । उनले फेशबुकबाट सत्ता चलाउन नपाईने बताए । सांसद शर्माले अहिले कालोबजारी ह्वात्तै बढेको भन्दै त्यसको शिकार आफूपनि भएको भन्दै काठमाडौंदेखि विराटनगरसम्मको हवाई भाडाको लागि ९ हजारसम्म तिरेको भन्दै कार्यक्रममै टिकट देखाएका थिए । उनले यसअघि सो रुटको भाडादर ५ हजार प्लस रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्