Logo

बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य



काठमाडौं, असोज १७ । बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बजेट अधिवेशनका रुपमा चिनिने वर्षे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले बुधबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरेको प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । मंगलबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख देवकोटा समक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप उनले प्रदेश सभाको चौधौँ अधिवेशन अन्त्य गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्