Logo

गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम



डुम्रे (तनहुँ), १७ असोज । कृषिकर्मका नवीन अभ्यासबारे किसानलाई जानकारी दिँदै उनीहरूलाई कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा अभिप्रेरित गर्ने उद्देश्यले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गण्डकी प्रदेशका क्रियाशील पत्रकारलाई तालिम दिएको छ ।

गण्डकी प्रदेशका नौ जिल्लाका ३० पत्रकार सम्मिलित तीनदिने तालिममा कृषि प्रविधि, किसानका समस्या र गाउँपालिकाका गतिविधिका साथै कृषि क्षेत्रको विस्तार, कृषि विकासमा आमसञ्चार र पत्रकारिताको भूमिकाबारे व्यावहारिक ज्ञान दिइने कृषि तालिम केन्द्रका निमित्त प्रमुख नीलकण्ठ पोख्रेलले बताए ।

गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषिमन्त्री पदमाकुमारी जिसीले बुधबार पोखरामा तालिमको उद्घाटन गर्दै देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर सबैले काम गर्नुपर्नेमा जोड दिए । “मुलुकको समृद्धिको आधार नै कृषि क्षेत्र हो,” उनले भने ।

तालिममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी र कृषिविज्ञ कुलराज चालिसे, अनिल सुवेदी, खोज पाठशालाका पत्रकार रामचन्द्र बरालले पत्रकारिताका नवीन अभ्यासबारे जानकारी दिँदै विकास र खोज पत्रकारिता गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे। रासस



प्रतिक्रिया दिनुहोस्