Logo

सुख्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध



तुलसीपुर, १७ असोज । सुख्खा पहिरोले राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ । आज बिहान ९:१५ बजेतिर सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोलामा माथिबाट सुख्खा पहिरो आउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । उनका अनुसार अहिले पहिरो हटाउने कार्य भइरहेको छ । रासस/file photo



प्रतिक्रिया दिनुहोस्