Logo

सांसद विनोद चौधरीले भेटे उर्जामन्त्री दीपक खड्का, पश्चिम नवलपरासीको डुबान र सिचाईं समस्या समाधानबारे ध्यानाकार्षण



काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले उर्जामन्त्री दीपक खड्कासँग भेटेर आफ्नो जिल्लाको डुबान र सिचाईं समस्या दीर्घकालिन रुपमा समाधानको लागि ध्यानाकार्षण गराएका छन् । चौधरीले मन्त्री खड्कासँग भेटेर ध्यानाकार्षण गराएको तस्विर सार्वजनिक गर्दै समस्याको उचित समाधानको लागि सरकारले गर्नुपर्ने कामहरुलाई लिपिबद्ध गरेर बुझाएको जानकारी गराएका छन् ।

चौधरीले भेटवार्ताबारे जानकारी दिँदै फेशबुकमा लेखेका छन्–

पश्चिम नवलपरासीमा वर्षेनी हुने डुवान र सिचाइँ समस्याको दीर्घकालीन समाधानका बारेमा आज हामीले माननीय उर्जा, सिंचाई तथा जलश्रोत मन्त्री दीपक खड्काज्यूलाई लिखित रुपमै ध्यानाकर्षण पत्र दिएका छौं । हामीले समस्याको उचित समाधानका लागि सरकारले गर्नुपर्ने कामहरुलाई लिपिबद्ध गरेर सरकारलाई बुझाएका छौं । हरेक वर्ष यहाँका जनताले सधैं एउटै समस्या भोग्नुपर्ने र तर त्यसको दीर्घकालीन समाधानतर्फ कसैको ध्यान नजाने जुन विगतको प्रवृत्ति थियो, त्यसलाई अन्त्य गर्दै दीगो समाधानका लागि आवश्यक पहल गर्ने माननीय मन्त्रीज्यूले प्रतिवद्धता जनाउनुभएको छ । म यसका लागि माननीयमन्त्रीज्यूसहित सबैलाई धन्यवाद दिन चाहन्छु ।



प्रतिक्रिया दिनुहोस्