Logo

एनसेलकी विशाखा लक्ष्मी खड्का ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स-२०२४’ बाट सम्मानित



काठमाडौं, १८ असोज । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । यो सम्मान एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरुमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरुको एक प्रमाण हो ।

एनसेल फाउन्डेसनमार्फत सामाजिक पहलहरू कार्यान्यवन गर्दै समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई निरन्तर सहयोग पुर्याउन हामी प्रतिबद्ध छौं । वुमन्स ट्याब्लोइडले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई उजागर गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्