Logo

भ्रष्टाचारी, कालोबजारी र माफियालाई महँगीले छुँदैन्, निमुखा जनता मारमा परे : ऋषि धमला



काठमाडौं, १९ असोज ।  रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले भ्रष्टाचारी, कालोबजारी र माफियालाई महँगीले नछुने भएपनि निमुखा गरिब जनतालाई समस्यामा पारेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन् ।

उनले बाढी/पहिरोको विपत्तिले जनता ठूलो मारमा रहेको बेलामा सरकारलाई आफूले उद्धार, राहत र पूनस्थापनाको लागि निरन्तर खबरदारी गरिरहेको पनि सुनाए । उनले भने,‘अहिले हवाई भाडा दोब्बर, तेब्बर बनाईएको छ। सरकारलाई बारम्बार खवरदारी गरेको छु । मैले यो विषयमा पर्यटनमन्त्री बद्री पाण्डेलाई पनि भनेको छु । हुन त पहिला उहाँले आँफै टिकट काट्नुहुन्थ्यो । अहिले सरकारले नै काटिदिन्छ । महँगीको मतलब नै छैन् ।’

उनले बसमा यात्रा गर्नेहरुलाई पनि सकस नै रहेको बताए । उनले भने,‘सडकको अहिले दूरावस्था छ । मैले त बसको पनि अब अनलाईनमार्फत टिकट काट्ने व्यवस्था गरौं भनेको छु, तर कोही पनि यो अनलाईन टिकट प्रणाली लागु गर्न तयार छैनन् । जनता आज ठूलो पीडामा छन् । भ्रष्टाचारीहरुसँग पैसा छ जे गर्दापनि हुन्छ । जनतासँग पैसा छैन्, उनीहरु समस्यामा छन् । माफिया र कालो बजारीसँग पैसा छ । तर, निमुखा जनतालाई समस्या छ । विपत्तिमा राजनीतिकरण गरौं । यो विपत्तिमा राष्ट्रियस्तरका नेता गएको देखिनँ । पीडितको घरमा सरकार पुगेन । म योवर्षको दशैंमा बाढी पहिरो पीडित जनताकहाँ जानेछु ।’



प्रतिक्रिया दिनुहोस्