Logo

दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते



दाङ, असोज २० । दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको माइक्रोबस तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का कुमार सन्यासी सहितसल्यानको सारदा नगरपालिका–७ की वर्षीया कल्पना चलाउने, उहाँकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर नगरपालिका–की सपना चलाउने, रणविर नेपाली र जाजरकोटको भेरी नगरपालिका–४ घरभई जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार दुर्गा बहादुर बिक रहेका प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्