Logo

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौं, असोज २० । घरेलु बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्