Logo

सुनकोसीले बगाएको खुर्कोट मन्थली जोड्ने पुलमा बेलिब्रिज निर्माण सुरु



काठमाडौं, असोज २१ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण क्षति पुगेको पुलमा नेपाली सेनाले बेलिब्रीज जडान कार्य सुरु गरेको छ ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र बाढी तथा पहिरोका कारण सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली ६ जोड्ने बि।पी। राजमार्ग र पुष्पलाल राजमार्ग बिचमा रहेको सुनकोसी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो ।

निर्माणको काम सुरु गरेको छ ।उक्त पुल मर्मत गरी आवागमन सुचारु गर्न शनिबारदृखि खटिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आइतबारबाट बेलिब्रीज जडान कार्य सुरु गरेको हो ।

बेलिब्रिज निर्माणको काम सुरु भएको सबै सामान तयारी भएको अवस्थामा एक सातामै पुल निर्माण हुन्छ, तर सबै सामान आइपुगेको छैन,पुल निर्माण स्थल खुर्कोटमा रहेका नेपाली सेनाको १४ बाहिनी अड्डा एयरर्पोटका प्रमुख सेनानी कर्णेल नारायण तुम्बाहाम्फेले भने, रामेछाप तर्फ सडक भत्काएको छ, बेलिब्रिज राख्दा ढलान गर्नुपर्ने हुन्छ ।

बेलिब्रिज निर्माणका लागि आवश्यक मुख्य निर्माण सामाग्री खुर्कोट आइसकेको भए पनि सहायक सामानहरू आउन बाकी रहेको नेपाली सेनाले जनाएको छ । बेलिब्रिज बनाउनका लागि निर्माण स्थल खुर्कोटमा नेपाली सेनाको प्राविधिकसहितको टिम आवश्यक सामाग्री सहित पुगेपछि बेलिब्रिजको काम सुरु भएको हो ।

पुल जडान गर्नका लागि अध्ययन नाप जाँच भइसकेको छ, अब हामी बेलिब्रिज जडानको काम सुरु गर्छौ, १४ बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईले भने।

पुल निर्माण स्थलमा सेनाका प्राविधिक सहित ५८ जना परिचालित भएका छन् । फोटो क्याप्सन सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने गरी खुर्कोट मन्थली सडक खण्ड अन्तर्गत सुनकोसीले बगाएको पक्की पुलमाथि बेलिब्रिज नेपाली सेनाले बनाउन सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्