Logo

पार्टीभित्र संकट गहिरिएपछि माधव–झलनाथ निरन्तर सम्वादमा, विद्रोही सांसदहरुमा कडा नजर



काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीका सम्मानित नेता झलनाथ खनालसँग निरन्तर छलफलमा जुटेका छन् । पार्टीभित्र संकट गहिरिएपछि अध्यक्ष नेपालले सम्मानित नेता खनालसँग छलफल गरिरहेको विश्वस्त स्रोतको दाबी छ । पछिल्लो साता अध्यक्ष नेपाल नेता खनालको डल्लु निवासमा पुगेर छलफल गरेका हुन् ।

संसद्को अधिवेशन अन्त्य भएपछि नै नेकपा (एकीकृत समाजवादी) भित्र पार्टी विभाजनको भय छ । एकथरीले भने पार्टी विभाजन भएर बनेको पार्टी भएकोले पाँच वर्षसम्म पार्टी विभाजन गर्न नपाउने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएकोले तत्काल पार्टी विभाजन नहुने भनेर पनि दाबी गरेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका शीर्ष नेताहरू माधव नेपालको पार्टी दशैंसअघि नै विभाजन गर्नेगरि लागिपरेको समाचार बाहिरिएका छन् ।

संसद् नभएको मौकामा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर भएपनि माधवको दल विभाजन गर्न खोजेको बुझाई छ । तर, सदनको अधिवेशन अन्त्य भएको झण्डै एक महिना बित्न लागिसकेको छ। तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म अध्यादेश ल्याउने कुनै छाँटकाँट देखाएका छैनन् ।

तर, कतिपयले भने सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देसवाले माधवको दल विभाजन गर्न नहुने मत राखेपछि प्रधानमन्त्री ओली रोकिएको चर्चापनि गरेका छन् । माधव नेपालले भने पार्टीभित्र असन्तुष्ट बनेका सांसदहरुप्रति नजर राखेका छन् । उनले अवसरवादी चरित्र देखाउन नहुने भन्दै ती असन्तुष्ट सांसदहरुप्रति आक्रोश पोख्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्